सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । जनमत पार्टीले पश्चिम तराईका विभिन्न जिल्लाहरुमा ‘राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम’ गर्ने भएको छ । पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले आज एक सूचना जारी गर्दै भदौ ३० देखि असोज ५ गतेसम्म प्रशिक्षण कार्यक्रमको आयोजना हुने जानकारी दिएको छ । पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार आयोजना हुने प्रशिक्षण कार्यक्रममा राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा.जयकान्त राउतको उपस्थिती रहने सूचनामा उल्लेख रहेको छ । प्रशिक्षणमा राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, जिल्ला इञ्चार्ज, पालिका तथा वडा अध्यक्ष र सचिवहरू सहभागी हुनेछन् । यस्तै सहभागी हुनेहरुलाई आआफ्नो समितिमा कम्तीमा ३ पटक भएको बैठकको निर्णय प्रतिलिपीसमेत ल्याउन अनिवार्य गरिएको छ । प्रशिक्षण कार्यक्रमको सुरुवात बाँके जिल्लाको क्षेत्र नं. १, २ र ३ बाट हुनेछ । यसैगरी भदौ ३१ गते बर्दिया क्षेत्र नं. १ र २, असोज १ गते कैलाली–कञ्चनपुर(भेटघाट), असोज २ गते नवलपरासी क्षेत्र नं. १ र २, असोज ३ गते रुपन्देही क्षेत्र नं. १ र २, असोज ४ गते रुपन्देही क्षेत्र नं. ३, ४ र ५ तथा असोज ५ गते कपिलवस्तु क्षेत्र नं. १, २ र ३ मा प्रशिक्षण कार्यक्रम तय गरिएको सूचनामा उल्लेख रहेको छ ।