मनाङ प्रदेश सभा ‘ख’ का लागि दल दर्ता गर्न भदौ २५ सम्मको समयावधि

बुधबार, भदौ १८, २०८२

काठमाडौं । कार्तिक १७ गते हुने प्रदेश सभा मनाङ ‘ख’ मा हुने उपनिर्वाचनमा भाग लिन आजदेखि भदौ २५ गतेसम्म दल दर्ता गर्न निर्वाचन आयोगले सूचना जारी गरेको छ । आयोगले हिजो एक सूचना जारी गर्दै दल दर्ताका लागि आह्वान गरेको हो ।  ‘आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम २०८२ साल भदौ १९ गते देखि संवत् २०८२ साल भदौ २५ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंमा निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि निवेदन दिनका लागि देहाय बमोजिमको सूचना जारी गरिएको छ’ आयोगका सहसचिव तथा प्रवक्ता  नारायण प्रसाद भट्टराईले प्रकाशित गरेको सूचनामा भनिएको छ ।

दल दर्ताको लागि निवेदन दिँदा निवेदनमा  खुलाउनु पर्ने विवरण तथा पेश गर्नुपर्ने कागजातहरु 
क. राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची(१२ बमोजिमको ढाँचामा निवेदन,
ख.    दल सम्बन्धी विवरणः राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सञ्‍जालको खाता,  ग.  दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या,
घ. पछिल्लो पटक आयोग समक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति ...... र आ.व ..... 
 ङ. उपनिर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न र उम्मेद्‍वारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार दिएको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि,
च. आ.व.२०८०–०८१ को वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गरेको मिति, तर,

१. आर्थिक वर्ष २०८०–८१ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०८०–८१ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा एकीकरण वा गाभिनुपूर्वका दलको विवरण समेत देखिने गरी तयार गरिएको वार्षिक लेखा परीक्षण प्रतिवेदन, 

२. आर्थिक वर्ष २०८१–८२ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०८०–८१ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा साविकमा अलग अलग रहेका दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन, 
छ. आयोगमा दल दर्ताको लागि दिएको निवेदनमा दलको प्रमुख पदाधिकारीको दस्तखत,
ज. उम्मेद्‍वारलाई दलको औपचारिक पत्र प्रदान गर्ने तोकिएको ढाँचामा पदाधिकारीको नाम थर, पद र सम्पर्क नंम्बर सहितको दस्तखत नमूना,
झ. दल दर्ताको लागि निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा ९४० बमोजिमका शर्तहरु पूरा गरेको र यी शर्तहरू पूरा गर्ने प्रतिबद्धता जनाएको पत्र,
ञ. दल दर्ताको निवेदन साथ प्रमुख पदाधिकारी वा प्रमुख पदाधिकारीले अधिकार दिएको व्यक्तिले प्रमाणित गरेको आयोगबाट स्वीकृत रुजुसूची (चेकलिष्ट)।
 

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार