प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

मंगलबार, भदौ १७, २०८२


काठमाडौं । एससीओ शिखर सम्मेलनका लागि चीनको चिआनचिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।  उच्चस्तरीय भ्रमणको आदानप्रदान र आर्थिक, शैक्षिक, सांस्कृतिक, सूचना प्रविधि, लगानीलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको जनाइएको छ । प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनको यो पहिलो भेट हो । ओली र पुटिनबीचको वार्ताको क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी सम्बन्धबारे चर्चा भएको थियो । सोही क्रममा प्रधानमन्त्री ओलीले भेट भएको कुरामा खुसि व्यक्त गरेका छन् । उनले सन् १९५६ मा नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएपनि रसियन प्रधानमन्त्री नेपाल भ्राणमा नआएको आउने नगरेको गुनासो पनि गरेका छन् ।  उनले भने, ‘मलाई थाहा भएसम्म पछिल्लो समय थाहा छैन् के भएर हो तर कुनै पनि रसियन प्रधानमन्त्री र मान्य व्यक्तिहरु नेपाल भ्राणमा आएको थाहा छैन् । यद्यपी नेपालको तर्फबाट म प्रधानमन्त्री हुदँ १९९९ र २००० मा रुसको भ्रमणमा गएको थिए ।’ 
 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार