संघीय संसद् अन्तर्गत दुई समितिको बैठक बस्दै

मंगलबार, भदौ १७, २०८२

काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुई समितिको बैठक बस्ने तय भएको छ ।  मंगलबार प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समिति गरि दुई समितिको बैठक बस्न लागिएको हो ।  आज बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको हालसम्मको कामकारबाहीको समीक्षा गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको  २ बजे बस्ने तय भएको छ ।  साथै, विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ९ बजे बस्ने तय भएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०८:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार