रात्रिबस दुर्घटनामा परी गोरखामा २१ जना घाइते 

मंगलबार, भदौ १७, २०८२

काठमाडौं ।  काठमाडौंबाट गोरखाको माछिखोलाका लागि छुटेको रात्रिबस दुर्घटना भएको छ । मंगलबार बिहान गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका–३ स्थित तान्द्राङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, गोरखाका  डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका छन् । केही घाइतेहरुको अवस्था गम्भिर छ भने दुई जना घाइतेलाई काठमाडौं रिफर गर्ने तयारी भईरहेको पनि उनले जानकारी दिएका छन् । बस बे्रक फेलका कारण अनियन्त्रित भएर रोडभन्दा ४ मिटर तल खसेको पनि उनले जानकारी दिएका छन् । 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०८:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार