Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

काठमाडौंमा निजी विद्यालयहरुको बस र्‍याली (तस्बिरहरु)

सोमबार, भदौ १६, २०८२

विद्यालय शिक्षा विधेयक विरुद्ध आन्दोलनमा रहेका निजी विद्यालयहरुले आज काठमाडौँ उपत्यकामा विद्यालय बससहित र्‍याली गरेका छन् । समितिबाट संसदमा पेस गरिएको विधेयकमा केही प्रावधान निजी विद्यालयको हित विपरित रहेको भन्दै आन्दोलनमा रहेका विद्यालयहरुले बस र्‍याली गरेका हुन् । भक्तपुर, कागेश्वरी, पेप्सीकोला, तिनकुने, नरेफाट, जडीबुटी र बानेश्वरतर्फका विद्यालय बसहरू कोटेश्वरबाट सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गर्ने कार्यक्रम तय भएको छ । यसैगरी ललितपुरका सबै विद्यालय बसहरू सातदोबाटोबाट एकान्तकुना हुँदै चक्रपथ परिक्रमा गर्ने, कीर्तिपुर नगरपालिका, त्रिपुरेश्वर, टेकु र कालिमाटी क्षेत्रका विद्यालय बसहरू बल्खुबाट कलंकी हुँदै चक्रपथ परिक्रमा गर्ने, चन्द्रागिरी, थानकोट, स्यूचाटार र सोल्टीमोड क्षेत्रका विद्यालय बसहरू कलंकीबाट सितापाइला हुँदै चक्रपथ परिक्रमा गर्ने र्‍यालीका लागि स्कुल बसहरूको रुट निर्धारण गरिएको छ ।

Photo-(18)-1756708354.jpg
Photo-(17)-1756708351.jpg
Photo-(9)-(1)-1756708348.jpg
Photo-(5)-(1)-1756708348.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार