प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

आइतबार, भदौ १५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेट भएको छ । चीनमा (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रममा मुलुकका लागि आयोजित स्वागत समारोहमा ओली र  मोदीबीच भेटवार्ता भएको हो ।  उक्त  भेटपछि मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा उनले ओलीसँगको तस्बिर हाल्दै लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु । भारत–नेपालको सम्बन्ध चिरस्थायी एवम् अत्यन्तै विशेष रहेको छ ।’

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार