Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

माओवादीको पार्टी कार्यलयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझायो

शुक्रबार, भदौ १३, २०८२

काठमाडौं । शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यलय पेरिसडाँडामा धर्ना दिएको छ । सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन नगरेको भन्दै महासंघले माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको जानकारी दिए ।  उनका अनुसार महासंघले  दिउँसो १ बजे पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।  उनले भने,‘हामीले पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज यहाँ धर्ना दिएका हौं । हामीले नेपाली कांग्रेसको कार्यालय, नेकपा एमालेको कार्यालयमा धर्ना दिएर ध्यानाकर्षण पत्र बुझाएका थियौं । आज यहाँ धर्ना दिएका छौं । सानो उपस्थिति छ यहाँ । १ बजे हामीले माओवादीको पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छौं ।’ उनले सरकारले आफूहरूसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले दबाव दिनका लागि राजनीतिक दलका कार्यालयमा धर्ना दिएको बताए । उनले २१ गतेदेखि दोस्रो चरण आन्दोलन कडा रुपमा सञ्चालन हुने पनि जानकारी दिए ।  ‘२१ गतेदेखि दोस्रो चरण आन्दोलन कडा रुपमा हुन्छ । अहिले दबाव दिइरहेका छौं । विधेयकमा धेरै कुरा छुटेका छन् सुधार्नुपर्ने छ परिमार्जन गर्नुपर्ने छ ।’ 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १९:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार