सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन स्वदेश फिर्ता भएकी छन् । नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी सोमबार मध्यरात उनी स्वदेश फिर्ता भएकी हुन् । उनी उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आएकी हुन् । उपराष्ट्रपति सुआनलाई सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बिदाइ गरेका थिए ।