सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले पाटन दरबार स्क्वायरको भ्रमण गरेकी छन् । शनिबार नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति भो थि आनले आज स्वदेश फिर्ता हुनु अघि पाटन दरबार स्क्वायर भ्रमण गरेकी हुन् । उनलाई ललितपुर महानगरपालीकाका प्रम्ख चिरीबाबु महर्जनले स्वागतकासाथै भ्रमण गराएका थिए । उनी आजै स्वदेश फर्किने छिन् । उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले बिदाई गर्नेछन् ।