कलंकी नजिकै कोल्डड्रिंक्स बोकेको पिकप भ्यान दुर्घटना

सोमबार, भदौ ९, २०८२
Global Ime Bank

काठमाडौं । काठमाडौंको कलंकी नजिकै कोल्डड्रिक्स बोकेको पिकप भ्यान दुर्घटनामा परेको छ । सोमबार बिहान करिब ६ः ५० मा बा १३ च ६११९ नम्बरको गाडी दुर्घटनामा परेको हो ।  कलंकीबाट बल्खुतर्फ जादै गरेको पिकप भ्यान अनियन्त्रित भई दुर्घटनामा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक गरीले जानकारी दिए ।  धादिङ बस्ने २४ बर्षिय चालक गौरव रानामगर शकुसल छन् भने अन्य मानविय क्षती नभएको प्रहरी प्रवक्ताले जानकारी दिए । उनले घटनाको थप विवरण आउन बाँकी रहेको समेत जानकारी गराए ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार