मन्त्री खड्का जनकपुरमा, विद्युतको चोरी रोक्न र सुरक्षित विद्युत प्रदान गर्न निर्देशन

बिहीबार, भदौ ५, २०८२
Global Ime Bank

जनकपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्र मधेश प्रदेशको कार्यालयको निरीक्षण गर्नुका साथै विद्युत प्राधिरकण धनुषा एवम ढल्केवर वितरण केन्द्रका पदाधिकारीहरुसंग छलफल गरेका छन् । बिहीबार मन्त्री खड्कासहितको टोलीले वितरण केन्द्रका प्रमुखलगायतका पदाधिकारीहरुसंग सिचाई, चुहावट, विद्युत आपूर्ती लगायतका विषयमा छलफल गर्नुका साथै निरीक्षण गरेका छन् ।  छलफल पश्चात सञ्चारकर्मीहरुसंग कुरा गर्दै मन्त्री खड्काले सुख्खाग्रस्त क्षेत्रमा सिचाईका निम्ति आवश्यक विद्युत सिंचित गर्न निर्देशन दिएको जानकारी दिए । 
साथै मधेश प्रदेशमा चुहावटको समस्या बढी रहेकाले विद्युतको चोरी रोकी सुरक्षित विद्युत प्रदान गर्न निर्देशन दिएको मन्त्री खड्काले बताए ।  उनले अधिकांश स्थानमा खेती भइसकेतापनि बाँकी रहेका स्थानहरुमा नयाँ बोरिङ जडान गर्न र मर्मत आवश्यक रहेका स्थानहरुमा आगामि दिनका लागि किसानहरुका निम्ति सहज सिचाईको व्यवस्था मिलाउने उद्येश्यले काम अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए । मौसम विभागले आगामी दिनमा फेरि पानीको समस्या आउने अनुमान गरेकाले खेत फाट्ने, सुख्खा हुने जस्ता समस्याका लागि तयारी गरेर बोर्डिङ, नहर, विद्युतको आपूर्ति गर्न लागि परेको बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार