भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदै

आइतबार, भदौ १, २०८२
Global Ime Bank

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदैछन् । आइतबार विदेश सचिव मिश्री नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । मन्त्रालयका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायतलाई भेट्ने कार्यक्रम  छ । प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ०८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार