सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशमा ब्याकबोन नेटवर्क गर्ने परियोजनाको लागि नेपाल दुरसञ्चार प्राधिकरण (एनटीए) र नेपालटेलिकमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । शुक्रबार काठमाडौंको लाजिमपाटमा आयोजित एक समारोहकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो प्रोजेक्ट कुनै वैदेशीक अनुदानमा नआई आफ्नै देशको ग्रामिण दुरसञ्चार विकास कोषबाट सञ्चालन भएको हुनाले दुई करोड ९२ लाख जनताले गण्डकी र लुम्बिनीमा के काम भयो देख्न पाउनुपर्ने बताए । उनले भने, ‘यो कुनै देशबाट अनुदान आएर कसैसँग सस्तो ब्याजमा लिएर परिचालन गरिएको प्रोजेक्ट होईन । यो आफ्नै देशको ग्रामिण दुरसञ्चार विकास कोषबाट सञ्चालन भएको कार्यक्रम भएको हुनाले कमसेकम दुई करोड ९२ लाख जनताले गण्डकी र लुम्बिनीमा के काम भयो देख्न पाउनुपर्छ ।’ त्यस्तै उनले डिजिटल फ्रेमवर्कको काम गर्नुपर्ने बताउँदै नेपाल टेलिकमको फोर जी इन्टरनेट सेवा घर घरमा पुर्याई फाईभ जी पनि लन्च गर्र्दै जानुपर्ने बताए । मन्त्री गुरुङले डिजिटल प्रविधिको प्रयोग गर्दा भ्रष्टाचार कम हुनुका साथ काम र सेवा पनि छिटो छरितो हुने धारणा राखे ।