पोखरा २२ मा लागुऔषध दुरुपयोग नियन्त्रण तथा सरसफाइ सचेतना कार्यक्रम सम्पन्न

मंगलबार, साउन २७, २०८२
Global Ime Bank

पोखरा । अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा पोखरा महानगरपालिका वडा नं. २२ ले युवा परिषदको आयोजनामा मङ्गलबार ‘लागुऔषध तथा मदिरा दुरुपयोग नियन्त्रण र व्यक्तिगत सरसफाइ’ सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा–२२ भुर्तुङस्थित श्री ओखलढाँडा माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा करिब ६० जना विद्यार्थी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको हो । कार्यक्रम अध्यक्षता  युवा परिषद वडा २२ का अध्यक्ष दिनेश बरालले गरेका थिए ।  कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष हिमलाल बराल, विशेष अतिथि वडा सदस्य कृष्णकुमारी देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलकाजी गुरुङलगायतका व्यक्तिहरूको सहभागिता थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले युवाहरूलाई लागूऔषध र मदिराजस्ता कुलतबाट टाढा रहँदै स्वस्थ जीवनशैली अपनाउन आग्रह गरे । उनले यस्तो सचेतनामूलक गतिविधिले समाजलाई सकारात्मक दिशामा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  प्रशिक्षण सत्रमा नगर युवा परिषदका उपाध्यक्ष सन्तोष न्यौपाने, प्रशिक्षक विकास पहारी र प्रसन्न बरालले क्रमशः ‘लागुऔषध दुरुपयोगका जोखिम र निवारण’, ‘मदिराको स्वास्थ्य तथा सामाजिक असर’ र ‘व्यक्तिगत सरसफाइको महत्त्व’ विषयमा प्रस्तुति दिए ।  सहभागी विद्यार्थीहरूलाई प्रश्न–उत्तर र अन्तक्र्रिया मार्फत सक्रिय सहभागी बनाइएको थियो । अन्तर्राष्ट्रिय युवा दिवसको यस वर्षको मूल मन्त्र ‘समृद्ध नेपालको लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ लाई आत्मसात गर्दै, वडा युवा परिषद–२२ ले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  २०:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार