सोसल मिडिया
Contact Us
युनिकोड
हेटौंडा । हेटौंडामा आयोजित यस वर्षको गाईजात्रा कार्यक्रममा भारतीय नागरिकहरूको सक्रियता र बीचमा घुसेर माग गरेको दृश्य देखिएपछि सामाजिक रूपमा आलोचना भएको छ । सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने गाईजात्रा नेवार समुदायको परम्परा र पहिचानसँग सम्बन्धित पर्व हो । प्रत्यक्षदर्शीहरूका अनुसार केही भारतीय सहभागीहरू भीडको बीचमा प्रवेश गरी अनुचित व्यवहार देखाएको पाइयो । यस घटनाप्रति असन्तुष्टि जनाउँदै स्थानीयहरूले आगामी वर्षहरूमा यस्ता दृश्यहरू दोहोरिन नदिन हेटौंडाका नेवाः गुठी सुदायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । सांस्कृतिक संरक्षणकर्मीहरूले पनि यो घटनाले परम्परागत पर्वको गरिमा प्रभावित हुने चेतावनी दिँदै, परम्परा र संस्कृतिको संरक्षणमा सबै पक्षको जिम्मेवारी हुने बताएका छन् ।