गाईजात्रा हास्यव्यङ्ग्यमार्फत समाजका विकृति, विसंगतिमाथि प्रहार गर्ने ऐतिहासिक पर्व : प्रचण्ड 

आइतबार, साउन २५, २०८२
Global Ime Bank

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गाईजात्रा जीवन,मृत्युको सत्यलाई स्वीकार्दै, हास्यव्यङ्ग्यमार्फत समाजका विकृति,विसंगतिमाथि प्रहार गर्ने ऐतिहासिक पर्व भएको बताएका छन् । 
आइतबार सामाजिक सञ्जालमार्फत गाईजात्रा पर्वको शुभकामना दिँदै उनले  गाईजात्राले सबैका बीचमा भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना बढाओस्  भन्दै कामना गरे ।  उनले लेखेका छन्,‘गाईजात्रा पर्वका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना! जीवन–मृत्युको सत्यलाई स्वीकार्दै, हास्यव्यङ्ग्यमार्फत समाजका विकृति–विसंगतिमाथि प्रहार गर्ने ऐतिहासिक यो पर्वले सबैका बीचमा भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना बढाओस्। हार्दिक शुभकामना !’

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १३:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार