बलरा नगरपालिकामा आज शोक बिदा

आइतबार, साउन २५, २०८२
Global Ime Bank

रौतहट । सर्लाहीको बलरा नगरपालिकाले कार्यपालिका सदस्यको निधनमा आज ( आइतबार) एक दिनका लागि शोक बिदा दिएको छ ।  बलरा नगरपालिकाका प्रमुख रामाशंकरप्रसाद कुशावाहाले सूचना जारी गर्दै आज एक दिन नगरपालिका, वडा कार्यालयसहित मातहतका सम्पूर्ण कार्यालय बन्द रहने जानकारी दिएका छन् । मोटरसाइकलले ठक्कर दिँदा बलरा नगरपालिका ११ छतौनाकी दलित वडासदस्य चन्दा देवी बैठाको शुक्रबार निधन भएको थियो । नगर प्रमुख  कुशावाहाले वडासदस्य बैठाको निधनप्रति  दुःख व्यक्त गर्दै नगरपालिकाभित्र बिदा दिइएको हो । ५५ वर्षीया चन्दा देवीको  गाउँमै मोटरसाइकलको ठक्करबाट निधन भएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भै रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार