गाईजात्राले भेदभावलाई ओझेलमा पार्दै एउटै उत्सवको घेरामा ल्याउछ : सभामुख घिमिरे

आइतबार, साउन २५, २०८२
Global Ime Bank

काठमाडौं । सभामुख देवराज घिमिरेले गाईजात्राले जात, धर्म, वर्ग र पृष्ठभूमिको भेदभावलाई ओझेलमा पार्दै सबैलाई एउटै उत्सवको घेरामा ल्याउने बताएका छन् ।  गाईजात्रा पर्वको अवसरमा आइतबार शुभकामना दिँदै उनले हाँसो र व्यङ्ग्यको प्रयोग केवल मनोरञ्जनका लागि मात्र होइन, समाजका विकृति र विसङ्गतिहरूलाई सौम्य रूपमा औँल्याउने माध्यम पनि भएको बताए ।  उनले भने,‘सामाजिक सद्भाव यसको अर्को महत्वपूर्ण पक्ष हो, गाईजात्राले जात, धर्म, वर्ग र पृष्ठभूमिको भेदभावलाई ओझेलमा पार्दै सबैलाई एउटै उत्सवको घेरामा ल्याउँछ । हाँसो र व्यङ्ग्यको प्रयोग केवल मनोरञ्जनका लागि मात्र होइन, समाजका विकृति र विसङ्गतिहरूलाई सौम्य रूपमा औँल्याउने माध्यम पनि हो ।’ उनले यस्ता सांस्कृतिक अभिव्यक्तिहरूले शोकग्रस्त परिवारलाई सान्त्वना दिनेमात्र नभई हाम्रो समाजमा स्वतन्त्र सोच र सांस्कृतिक सृजनशीलताको महत्त्वलाई पनि उजागर गरेको पनि बताए । 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार