सोसल मिडिया
Contact Us
युनिकोड
हरिसिद्धि (ललितपुर) । ललितपुर महानगरपालिका २८ नं. वडा कार्यालय हरिसिद्धिले वडाका स्थायी बासिन्दालाई सुगर प्रेसरको निःशुल्क औषधि वितरण गरेको छ । वडा कार्यालयले यसै आर्थिक वर्षदेखि ४ महिनालाई पुग्ने गरी निःशुल्क औषधि वितरण गर्न सुरु गरेको छ । यसअघि वडा कार्यालयले ३–३ महिनालाई पुग्ने गरी औषधि वितरण गर्दैै आएको थियो । २८ नं. वडाका वडाअध्यक्ष वीरेन्द्र महर्जनले निःशुल्क औषधि वितरण कार्य जनताको मागकै आधारमा वितरण गरिएको बताउनुभयो । २८ नं. वडा कार्यालयले सामाजिक विकासतर्फको स्वास्थ्य तथा पोषण उपक्षेत्रमा विनियोजित निःशुल्क औषधि वितरण कार्यक्रममाफर्त वडावासीलाई यो सेवा दिएको हो । वडा कार्यालयले आर्थिक वर्ष ०८०–०८१ देखि नै यो कार्यक्रम सुरुवात गरेको वडाअध्यक्ष महर्जनले जानकारी दिँदै कानुनी तथा प्राविधिक रुपमा कुनै वाधा अड्चन नआउँदासम्म निःशुल्क औषधि वितरण कार्यलाई निरन्तर गरिने बताउनुभयो । ‘विकास भनेको पूर्वाधार निर्माण मात्रै होइन, वडावासीले भोग्दै आएको पारिवारिक समस्यालाई बुझेर निःशुल्क औषधि वितरण गरेका हौं’, वडाअध्यक्ष महर्जनले शब्दपाटीसँग भन्नुभयो । सुरुमा ज्येष्ठ नागरिकलाई वितरण गरी सुरुवात भएको यो कार्यक्रमले अहिले ४० वर्ष नाघेका बिरामीलाई पनि समेट्न थालेको छ । निशुल्क औषधि प्राप्तिका लागि उमेर हद तोकेका छैनौं ।'