डिशहोमले सार्वजनिक गर्‍यो नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड 

बुधबार, साउन २१, २०८२

काठमाडौं । डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ । जसले एक्टिभ डिशहोम ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्नेछ । “माइ डिशहोम एप” मा उपलब्ध  यो भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकहरूले नेपालभरका प्रमुख होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । सुरुवाती चरणमा, १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश भएका छन्, जसले ग्राहकहरूलाई उत्कृष्ट अफरहरू उपलब्ध गराउँछन् :

सुरुवाती साझेदारहरू

क्र.सं.

ब्रान्ड / आउटलेट

स्थान

१

बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन

निर्धारित आउटलेटहरूमा

२

सिद्धार्थ हस्पिटालिटी ग्रुप (होटल, रिसोर्ट, कटीज, रेस्टुरेन्ट र क्याफे)

 

महेन्द्रनगर, सुर्खेत, चिसापानी, भैरहवा, सौराहा (चितवन), चुम्लिङटार (चितवन), बौद्ध (काठमाडौं), नेपालगञ्ज, बिर्तामोड, नारायणगढ, बुटवल, टिकापुर (कैलाली), सुन्धारा (काठमाडौं), नुवाकोट, दमौली, टिंकुने, ललितपुर, पुरानो बानेश्वर, धोम्बोजी (नेपालगञ्ज), मनमोहन (काठमाडौं), महाराजगञ्ज

 

३

होटल ले हिमालय

काठमाडौं

४

लेक साइड रिट्रिट

पोखरा

५

इला कम्फर्ट होटल्स एण्ड रिसोर्ट्स

हरकपुर, मौलाकाली, बाग्लुङ

६

मेलुङ थकाली

सबै आउटलेट

७

साकी एण्ड फेङ रेस्टुरेन्ट

काठमाडौं

८

लुम्बिनी केबलकार

बुटवल

९

मौलाकाली केबलकार

गैडाकोट, चितवन

१०

अचार घर

कमलपोखरि, कुपन्डोल

“भर्चुअल प्रिभिलेज कार्डमार्फत, डिशहोमले इन्टरनेट र टेलिभिजन सेवाको अतिरिक्त ग्राहकहरूको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्‍याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ,” डिशहोमका सीईओ तारा मानन्धरले बताइन् ।  डिशहोमले आगामी महिनाहरूमा  १०० भन्दा बढी ब्रान्डहरूमा विस्तार गर्ने योजना बनाएको छ, जसअन्तर्गत अझ धेरै अफर र श्रेणीहरू समावेश गरिनेछ ।सक्रिय ग्राहकहरूले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड माइ डिशहोम एप  (प्ले स्टोर वा एप स्टोर बाट डाउनलोड गरी) बाट प्रयोग गरी साझेदार आउटलेटहरूमा देखाएर छुट प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार