रञ्जना लिपिमा टेबल नेमप्लेट अभियानमा ललितपुर महानगर (भिडियो) 

मंगलबार, साउन २०, २०८२
Global Ime Bank

ललितपुर । ललितपुर महानगरपालिकाले निर्वाचित जनप्रतिनिधिहरूको टेबल नेमप्लेट रञ्जना लिपिमा लेख्न अभियान थालेको छ । अभियान अन्तर्गत महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यलाई टेबल नेमप्लेट हस्तान्तरण गरी अभियानको सुरुवात गरिएको छ । महानगरपालिकाको विकास तथा सुशासन समितिका संयोजक एवम् लपुमनपा–२७ का वडासदस्य निरोज महर्जनले हिजो महानगर उपप्रमुख शाक्यलाई नेमप्लेट हस्तारण गरी अभियान सुरुवात गरेका हुन् । हिजो नै वडा नं. १३, १६, २१, २२, २३, २४ वडामा वितरण गरिएको छ ।  समितिका सदस्यद्धय श्रद्धा थापा, एलिशा डंगोलले पनि अभियानका क्रममा उपस्थिति रहेको थियो । नेपालको मौलिक लिपिको रुपमा चिनिएको रञ्जना लिपि व्युँताउने अभियानमा महानगर लागेको हो । यो लिपिबाट नेपालको प्राचीन इतिहास, धर्म, संस्कृति, कला लेखिएका पाइन्छ । रञ्जना लिपि नेवा: समुदायमा बढी प्रचलित छ ।

Niroj--1754367301.jpg
 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार