विपद्का कारण ५९ को ज्यान गयो 

मंगलबार, असार २९, २०७८

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता ५९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ३१ पुरुष, १७ महिला र ११ बालबालिका छन् । उनीहरू सिन्धुपाल्चोक र तनहुँका पाँच÷पाँच, डोटी, पाल्पा र गोरखाका चार÷चार, रोल्पा, दाङ, दार्चुलाका तीन÷तीन, खोटाङ, पाँचथर, रौतहट, सप्तरी, चितवन, धादिङ, सिन्धुली, म्याग्दी र प्यूठानका दुई÷दुई र ललितपुर, सर्लाही, काभ्रे, मकवानपुर, कास्की, अर्घाखाँची, जुम्ला, कालीकोट, बझाङ र बाजुराका एक÷एकजना छन् ।  पछिल्लो २४ घण्टामा खोटाङ र सिन्धुलीमा दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढी, पहिरो र डुबानमा परी उक्त अवधिमा ७३ जना घाइते भएका छन् । अन्य २७ जना बेपत्ता भएका छन् । तीमध्ये १७ पुरुष, ६ महिला, तीन बालक र एकजना बालिका रहेका छन् । 
बाढीपहिरामा परेका एक हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ । बाढीका कारण एक हजार ५१६ वटा घर डुबानमा परेका छन् । कूल ५८३ घर, १०७ गोठ, ४३ पुल, तीन विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ । यस अवधिमा ६००  विपद्का घटनाबाट एक हजार १७६ परिवारका पाँच हजार ४९५ मानिस विस्थापित भएका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए  

कांग्रेसले गठन ग¥यो बाढीपहिरो विपद् व्यवस्थापन समन्वय समिति 

नेपाली कांग्रेसले बाढी पहिरोका कारण पु¥याएको जनधनको क्षतिको तथ्याङ्क सङ्कलन तथा बाढी पहिरो पीडितलाई राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले गठन गरेको ‘बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समिति’लाई आज पूर्णता दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको यही असार ४ गतेको बैठकको निर्णयानुसार पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा गठित सो समितिमा पदाधिकारी र सदस्य मनोनयन गरेका हुन् । समितिको सह—संयोजकमा दिव्यमणि राजभण्डारी, सचिवमा किरण गिरी, कोषाध्यक्षमा  कल्पना चौधरी तथा  सदस्यमा भूमिबहादुर (विश्व) गुरुङ, रामबहादुर विष्ट, बहादुरसिंह थापा, राजीवबिक्रम शाह, तीर्थबहादुर लामा, ललितजंग शाही, देवराज चालिसे र नगिना यादव मनोनित भएका छन् । 
त्यसैगरी समितिका संयोजक बस्नेतले आजै पार्टीका जनार्दन नेपाल, दीर्घबहादुर केसी (कुमार) र चेतनाथ खनाललाई आमन्त्रित सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  ०६:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, असार २९, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, असार २९, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, असार २९, २०७८