ललितपुर महानगरमा वृत्ति मार्गनिर्देशन सेवा ईकाइ सुरु

शुक्रबार, साउन १६, २०८२
Global Ime Bank

ललितपुर । माध्यामिक तहका विद्यार्थीहरु तथा युवाहरुलाई रुची, खुबी र क्षमताका आधारमा व्यवस्थित रुपमा वृत्ति विकासमा सहयोग पुर्याउने उद्धेश्यका बीच ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र स्वीस दुतावासकी प्रथम सचिव एन्टोनिया फ्‌लुकले संयुक्त रुपमा आज उद्घघाटन गर्नु भयो । महानगरको त्रिपद्म विद्याश्रम माध्यामिक विद्यालयमा सो ईकाइ संचालनमा ल्याइएको हो । ईकाइले विशेष गरी कक्षा ८, ९ र १० का विद्यार्थीहरु तथा युवाहरुलाई उनीहरुको रुची, खुबी र क्षमताका आधारमा वृत्ति पहिचानमा ईकाइले सहजीकरण गर्दछ साथै विद्यार्थीलाई सीप विकासमा प्रेरणा जगाउनका लागि अभिभावक तथा शिक्षकलाई समेत प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट) को महत्वबारे उजागर गराउंछ । 
नेपाल सरकार र स्वीस सरकारबीचको सहकार्य र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) को सहयोगमा ललितपुर महानगरपालिकाद्वारा वृत्ति मार्गनिर्देशन सेवा ईकाइ स्थापना गरिएको हो । ईकाइबाट व्यक्तिगत तथा सामुहिक परामर्श सेवा, साइकोमेट्रिक परीषण, वृत्ति मेला आयोजना, वृत्ति मार्गनिर्देशन सामग्री व्यवस्थापन, अभिभावक शिक्षा, प्रशिक्षक प्रशिक्षण तालिम तथा व्यक्तिगत तथा सामुहिक परामर्श सेवा प्रदान गरिन्छ । त्यस्तै, बेरोजगार, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति वा युवा तथा उनीहरुको परिवारलाई वृत्ति, पेशा, रोजगारी, सीप तथा जीवनपर्यन्त सिकाइ र कामको संसार सम्बन्धी जानकारी प्रदान गर्ने उद्धेश्य ईकाइले राखेको छ । 
ईकाइ शुभारम्भ कार्यक्रममा मन्तव्य राख्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले युवालाई आफु उपयुक्त वृत्ति छनौट र आय आर्जनमा सहभागी गराउनका लागि ईकाइले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गनुभयो। हाल विद्यालयमा संचालन गरिएको ईकाइलाई भविष्यमा महानगरको आफ्‌नै भवनमा स्थापना गरेर वृहत रुपमा अघि बढाउने प्रमुख महर्जनको भनाई छ । यस्तै, स्वीस दुतावासकी प्रथम सचिव एन्टोनिया फ्‌लुकले ईकाइको दीर्घकालिन प्रभावकारीका लागि स्थानीय तहले अग्रसरता लिनु सकारात्मक भएको बताउनुभयो ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार