गुर्जो रोपणलाई राजधानी नजिकका जिल्लामा केन्द्रित गर्दै अभियानकर्मी कमलबहादुर

मंगलबार, असार २९, २०७८

नवलपुर (सिन्धुपाल्चोक) । काठमाडौँ उपत्यकामा केन्द्रित रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने वनस्पति गुर्जो रोपणलाई उपत्यका नजिकका जिल्लामा विस्तार गर्न थालिएको छ । देशव्यापी गुर्जो रोपण अभियान शुरु गरेका अभियानकर्मी कमलबहादुर राजलवटले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको केन्द्र नवलपुरमा गुर्जो रोपणलाई विस्तार गरेका हुन् ।  आइतबार इन्द्रावती गाउँपालिकामा आयोजित कार्यक्रममा १०० वटा गुर्जोका बिरुवा रोपिएको छ । बालादेवी सामुदायिक वन क्षेत्रमा गुर्जोका बिरुवा रोपिएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले यसअघिका पुस्ताले जडीबुटीकै औषधि उपयोग गरेर निरोगी बन्ने गरेकामा त्यसको उपयोगिता सिक्न नसक्दा पछुताउनुपर्ने अवस्था आएको सुनाए । गुर्जो अभियानकर्मी राजलवटले पहाडमा पाइने गुर्जो र तराईको गुर्जो फरक रहेको बताए । तराईको गुर्जो औषधीय गुणका लागि बढी उपयोगी रहेको उनको भनाइ थियो ।  कार्यक्रममा गाउँपालिका–४ का अध्यक्ष जगतमान ताल्चाभँडेल, वडासदस्य दयाकुमारी मिश्र, योग शिक्षक अच्युत अर्याललगायतले गुर्जोका उपयोगगिताका बारेमा स्थानीयवासीलाई जानकारी गराएका थिए । सो अवसरमा गुर्जोलगायत वनस्पतिबाट बनेको चिया र धुलो औषधि वितरण गरिएको थियो । यसैबीच ललितपुरको वटुक भैरवनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा स्थानीयवासीलाई करीब १०० बोट गुर्जो वितरण गरिनुको साथै मन्दिर नजीकै रहेको नेपाली सेनाको गणमा रोप्नका लागि पनि २०० बिरुवा हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  ०५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, असार २९, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, असार २९, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, असार २९, २०७८