आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस विश्वभर मनाइँदै

बुधबार, साउन १४, २०८२
Global Ime Bank

काठमाडौं । आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस विश्वभर मनाइँदैछ । ‘मानव बेचबिखन संगठित अपराध हो – शोषण अन्त्य गर’ भन्ने नाराका साथ यसवर्ष अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरेर मनाइँदै छ । सन् २०१३ मा, संयुक्त राष्ट्र सङ्घको महासभाले विश्वव्यापी कार्य योजनाको मूल्याङ्कन गर्न उच्च स्तरीय बैठकबाट जुलाई ३० लाई मानव बेचबिखनविरुद्धको विश्व दिवसका रूपमा मनाउने निर्णय भएको थियो ।  मानव बेचबिखन एक जघन्य अपराध हो जसबाट संसारका हरेक देश प्रभावित बनेका छन् । नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार