एनआरएनए क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी

सोमबार, साउन १२, २०८२
Global Ime Bank

टोरण्टो । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी भएका छन् । आज भएको निर्वाचन (बर्ष २५–२७) मा उनले १५ सय ३२ मत प्राप्त गरी बिजयी भएका हुन् । अध्यक्ष पदमा ५ जनाको प्रतिस्पर्धा रहेको थियो । अध्यक्ष पदका उम्मेदवार चन्दा अधिकारीले १३ सय ५७ मत, किरोज श्रेष्ठले ८ सय ४८ मत, विद्या भूषण कार्कीले ११ सय ८ र सुरज अधिकारीले २ सय ८३ मत पाएका थिए । एनआरएनए क्यानडामा ६ हजार १५  जना मतदाता रहेकोमा ५ हजार १ सय  ७९ जना मतदानमा सहभागी भएका थिए । एनआरएनए क्यानडाको महासचिवमा शर्मिला रानाभाट बिजयी भएकी छन् । उपाध्यक्ष एटलान्टिकमा हरि बराकोटी, उपाध्यक्ष सेण्ट्र्लमा प्रतिक भण्डारी र वेस्टर्नमा विशाल थापा बिजयी भएका छन् । कोषाध्यक्षमा इन्डिरा रिजाल, सह कोषाध्यक्षमा जीआर भण्डारी, सचिवमा विजय लम्साल बिजयी भएका छन् । त्यस्तै युथ कोअर्डिनेटरमा हेमराज काफ्ले बिजयी भएका छन् । त्यसैगरी आईसीसी सदस्यमा कमल भट्टराई, विशाल घिमिरे, पिता पौडेल, पिताम्बर भट्टराई, दिनेश घिमिरे निर्वाचित भएका छन् । सदस्यहरूमा एट्लान्टिकबाट सुनिल घिमिरे, मिसिसागाबाट तिलाराम सापकोटा र टीका पहारी, ब्राम्पटनबाट सीता ठाडा राना, सागर गुरुङ र राममाया घिमिरे, महिलातर्फ बिष्णुमाया क्षेत्री, लण्डन सिटीबाट बिजय तमाङ र शिव डल्लाकोटी बिजयी भएका हुन् ।

२ पदाधिकारी पदमा ५ जनासहित सदस्यहरू पनि सर्वसम्मत 
एनआरएनए क्यानडाको वरिष्ठ उपाध्यक्षमा सन्तोष दाहाल, प्रजापति सापकोटा र डा.पुण्यसागर मरहट्टा तथा महिला उपाध्यक्षमा समिक्षा कार्की र गीता दवाडी ढकाल सर्वसम्मत बिजयी भएका छन् । शनिबार स्कारब्रोमा भएको साधारण सभाले उनीहरूलाई सर्वसम्मत निर्वाचित गरेको हो । दुबै पदमा भएको विवाद मिलाउन उम्मेदवारी दिएका पाँचै जनालाई सर्वसम्मत बिजयी गराईएको जनाइएको छ ।  उपाध्यक्ष (संघीय सरकार सम्पर्क) पदमा भने जानकी पण्डित र युवा संयोजक (महिला) पदमा स्विकृति खड्काको एकल उम्मेदवारी परेकोले उनीहरू निर्विरोध बिजयी भएका हुन । त्यसैगरी उत्तरी ओन्टारीयोको सट्बरीबाट बिनोद गुरुङ, नोभा स्कोसीया/पीईआईबाट मनोजकुमार थापा, क्युबेकबाट जीवन पन्त, ओटावाबाट याम गोतामे, नायग्राबाट भरतकुमार शर्मा, किचनर/वाटरलुबाट मनोज भण्डारी, मनीटोवाबाट विवेक गौतम, सास्काचनबाट नारायणप्रसाद दाहाल, ब्रिटिस कोलम्बियाको भिक्टोरियाबाट पारसदीप सुवेदी, सरेबाट बिनोद शर्मा, भ्यानकुवरबाट गोबिन्द क्षेत्री निर्विरोध निर्वाचित भएका छन् ।  अल्वर्टाको एडमन्टनबाट नरेश पोख्रेल, महिलातर्फ ईश्वरी केसी र सगुन पाण्डे, क्यालगरीबाट खुमाराज पाण्डे, भिम तिवारी र महिलातर्फ प्रिन्जिया ढुङेल पनि निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  २०:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार