आज सुनको मूल्य स्थिर, चाँदीमा सामान्य बृद्धि 

सोमबार, साउन १२, २०८२

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ ।  सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सोही मूल्यमा कारोबार भईरहेको थियो ।  यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी भने पाँच रुपैयाँले बढेर दुई हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी दुई हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार