सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले २४ सौ घण्टा विद्युत् आपूर्ति गर्ने सरकारको चाहना हुँदाहुँदै पनि विभिन्न दबाब र चुनौतीहरूले पूरा गर्न नसेको गुनासो गरेका छन् । आइतबार काठमाडौमा आयोजित सामूदायिक विद्युतीकरण उपभोक्ता महासंघको कार्यक्रममा बोल्दै उनले आवश्यक पर्ने जति विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत निर्यात गर्ने साथै मुलुकलाई समृद्ध बनाउने अभियानमा लागि रहेको बताए । उनले भने, ‘२४ सां घण्टा विद्युत् आपूर्ति गर्ने सरकारको चाहना छ । तर यसमा दबाब ,चुनौतीहरू छन् । हामीलाई आवश्यक पर्नेजति विद्युत् आफंै उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत् निर्यात गर्ने र मुलुकलाई समृद्ध बनाउने अभियानमा आज मुलुक लागि रहेकोछ ।’ त्यस्तै उनले हरेक क्षेत्रमा जस्तै विद्युत् क्षेत्रमा पनि चुनौतीहरू देखिएको भन्दै चुनौती सामना गर्ने सामथ्र्य निर्माण गर्नुपर्ने उनको भनाइ छ । उनले भने,‘चुनौतीहरू त हरेक क्षेत्रमा देखिएका छन् । यो क्षेत्रमा पनि छ । तर हामी चुनौती सामना गर्ने सामथ्र्य निर्माण गर्नुपर्छ ।’