कृषकलाई अनुदानमा कृषिजन्य समाग्री वितरण

आइतबार, साउन ११, २०८२
Global Ime Bank

रौतहट । रौतहटको गरुडा नगरपालिकाले कृषकलाई  ५० प्रतिशत अनुदानमा कृषिजन्य समाग्री वितरण गरेको छ ।  पालिकाले कृषकलाई भैँसी, विद्युत मोटर,पम्पसेट,मिल्क्यान,चिसिङ भ्याट र डिफ्रिज लगायत वितरणको योजना बनाएको छ ।  सोही अनुसार पालिकाले पशु डेरी यान्त्रिकरण तथा भैंसी बाख्रा वितरण कार्यक्रम अन्तर्गत वडा न . ५ का कृषकलाई पम्पसेट २४ थान, मोटर १४ थान, भैंसी २ थान, दूध चिसिङ भ्याट २ थान,  दूध संकलन क्यान १० थान वितरण  गरिएको वडाअध्यक्ष रामबिनोद जैसवालले बताए ।  मुक्तिनाथ ट्रेडिङ लिमिटेड, मुक्तिनाथ लाईभस्टक बैंक लिमिटेड तथा गरुडा नगरपालिकाको सहकार्य यो सामग्री वितरण गरिएको उनले जानकारी दिए । गरुडा नगरपालिकाको यो कार्यक्रमले कृषि र पशुपालन क्षेत्रमा ठोस सुधार ल्याउने उनले विश्वास व्यक्त गरे ।  आधुनिक प्रविधि तथा पशुधन वितरणले कृषकको  आयआर्जनमा पनि मद्धत पुग्ने उनको भनाइ छ । गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले कृषकहरूलाई प्राप्त उपकरणको सही सदुपयोग गर्दै उत्पादन वृद्धिमा लाग्न आग्रह गरेका छन् ।  पालिकाले कृषिलाई आधुनिकीकरण गरी किसानको आर्थिक अवस्थामा सुधार गर्नका लागि किसानलाई भैंसी बाख्रा दुध चिस्यान भ्याट, दुध संकलन क्यान, पम्पीसेट र सिँचाइ मोटर वितरण गरेको उनले उल्लेख गरे । किसानहरुलाई गुणस्तरीय सेवा पुर्याउने उद्देश्यले आपूर्ति प्रक्रियामा पारदर्शिता अपनाइएको उनको जिकिर छ ।  कृषकहरूलाई ५० प्रतिशत अनुदानमा जम्मा १४० वटा भैँसी, ५७ वटा विद्युत मोटर, ५४ वटा पम्पसेट, २० जनालाई मिल्क्यान, १ हजार र २ हजार लिटर क्षमताका चिसिङ भ्याट, ८०० लिटरका डिफ्रिज, दुईवटा मिल्क पम्प, तीनवटा मिल सेपरेटर लगायतका सामग्री वितरण गर्ने गरुडा नगरपालिकाको योजना छ ।  गरुडा नगरपालिकाका नगर प्रमुख  कन्थमनी प्रसाद जसवालले कृषि क्षेत्रलाई पालिकाले उच्च प्राथमिकतामा राखेको बताए। पालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी र कृषि क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको उनको जिकिर छ ।  गरुडा नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ को बजेट अन्तर्गत यो कार्यक्रम  सञ्चालन गरिएको जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार