सिरहामा खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

आइतबार, साउन ११, २०८२
Global Ime Bank

सिरहा । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–४ कुसुण्डी जाने बाटोमा प्रहरीले गोली प्रहार गर्दै एक भारतीय नागरिकलाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झाझपट्टी, जिल्ला प्रहरी कार्यालय सिरहा र लागुऔषध नियन्त्रण व्युरो गोलबजारबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ एम् ७३३८ नम्बरको मोटरसाइकललाई रोक्ने प्रयास गरेको थियो । तर चालक नरोकी भागेपछि प्रहरी नायब निरीक्षक रामबालक ठाकुरले टाइप–७७ पेस्तोल प्रयोग गरी एक राउण्ड गोली प्रहार गरेका थिए । गोली प्रहारपछि मोटरसाइकलसहित नियन्त्रणमा लिइएका व्यक्ति भारतको मधुवनी जिल्लास्थित बिरपुर ग्राम पंचायत–९ निवासी ३८ वर्षीय श्याम सुन्दर पासवान रहेका छन् । उनको साथबाट अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद लागुऔषध र मोटरसाइकलसहित पासवानलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेशपुरपतार पठाइएको छ । सिरहा प्रहरीका सूचना अधिकारी तथा डिएसपी बिरेन्द्र कुमार पासवानका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार