नेतृत्वको योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी निषेध गरौँ : सुदन किराती

आइतबार, साउन ११, २०८२
Global Ime Bank

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किरातीले पार्टी केन्द्रीय समितीको निर्णय कार्यान्वयनका लागि सर्तहरू दृढता पूर्वक लागू गर्न आग्रह गरेका छन् ।  आइतबार सामाजिक सञ्जालमार्फत उनले ४ वटा सर्तहरू अघि सार्दै दृढता पूर्वक लागू गर्न आग्रह गरेका हुन् । शहिदको सपना पूरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हुने, नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृतिलाई निषेध गर्ने लगायतका उनको सर्तहरू छन् । 
यस्ता छन्, सर्तहरू 
१.पार्टी बलियो बनाउन सुद्धीकरण, सुदृढीकरण र  रूपान्तरणको अभियानलाई तिव्र बनाउ । 
२. शहिदको सपना पूरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हौँ ।  
३. प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृतिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौँ । 
४. नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृतिलाई निषेध गरौँ ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार