आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु

आइतबार, साउन ११, २०८२
Global Ime Bank

काठमाडौं । आजदेखि चितवनका केही क्षेत्रमा ६ घण्टा लोडसेडिङ सुरु भएको छ ।  पूर्वी चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ्को तालिका सार्वजनिक गरेको हो ।  तालिका अनुसार नारायणी–माडी फिडरहरू ः बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः०० बजेसम्म ,मेघौली–विजयनगर–शुक्रनगर फिडरहरू ः बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः०० बजेसम्म र जगतपुर–रामपुर फिडरहरू ः दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० बजेसम्म लोडसेडिङ हुने छ । 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०९:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार