पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची  

आइतबार, साउन ११, २०८२
Global Ime Bank

काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दै छन् ।  आइतबार अर्थ समितिको बैठक बिहान ११ बज सिंहदरबारस्थित आआफ्नो बैठक कक्षमा बस्दै छ ।  बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग आर्थिक वर्ष २०८२–०८३ को बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए/नभएको अवस्था आयोगको आर्थिक वर्ष २०८२–०८३ को वार्षिक बजेट तथा कार्यक्रम संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आयोगले सामना गरेका समस्या र चुनौती आयोगसँग सम्बन्धित समितिमा प्राप्त उजुरीका विषयमा छलफल गर्ने कार्यसूची छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकपनि ठक बिहान ११ बज सिंहदरबारस्थित आआफ्नो बैठक कक्षमा बस्दै छ ।  बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धमा विज्ञसँग अन्तरक्रिया कार्यक्रम तथा छलफल गरिने छ । सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा महालेखापरीक्षकको ६१ र ६२औँ वार्षिक प्रतिवेदनउपर छलफल गर्ने कार्यक्रम छ । त्यस्तै , राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बिहान ११ बजे बस्दै छ ।  बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल हुनेछ । 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार