सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । गोदावरी नगरपालिका–१३ झरुवाराशीस्थित गँगटे खोलामा शनिबार बिहान महिलाको हत्या भएको छ । पुस्कर बस्नेतको घरमा डेरा गरी बस्ने मकवानपुर स्थायी घर भएकी २० वर्षीय डोल्मा वाइबाको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको ललितपुर प्रहरी परिसरका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए । हत्या सिन्धुलीका ३० वर्षीय मदनबहादुर स्याङतानले गरेको खुल्न आएको छ । टमाटर टनेलामा काम गरी बस्दै आएकी डोल्माको मदनले हत्या गरेका हुन् । उनलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ । घरबेटीले प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो । प्रहरी कन्ट्रोल रुमले नजिकका प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी घटनास्थलमा पुग्दा ती युवतीको ज्यान गइसकेको थियो । बिहान ६ः३० बजेको घटना हो प्रहरी प्रवक्ता जोशीले शब्दपाटीलाई जानकारी दिँदै भने,‘श्रीमान्–श्रीमतिको रुपमा नै उक्त घरमा बसेका रहेछन् । घर झगडाका कारण हत्या भएको हुन सक्छ ।’ मृतकले मकवानपुरमै पहिलो विवाह गरेपनि छाडेर मदनसँग विवाह गरेको खुल्न आएको छ ।