सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि एमालेमै रहेको बताएकी छिन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफू एमाले सदस्य नै रहेको बताएकी हुन् । ‘मैले एमालेमा सदस्यता नवीकरण गरिसकेको छु । म अहिले पनि एमालेमै आबद्ध छु,’ उनले भनिन् । पछिल्लो समय सदस्यता नवीकरण गरेर पार्टीमा पुनः जोडिएको प्रसंग सुनाउँदै पार्टीमा आफ्नो ठूलो योगदान रहेको भण्डारीले बताइन् । ‘मैले पार्टी सदस्यता लिएको ४५ वर्ष भयो ।...कसैलाई लाग्दैमा मेरो सदस्यता खान सक्दैन,’ उनले भनिन् । तत्कालीन समय कोशी सगरमाथा इन्चार्ज रहेका मदन भण्डारीसँग आफूले पार्टी सदस्यताको शपथ लिएको पनि उनले सुनाइन् । ‘जननेता मदन भण्डारीले समृद्ध नेपाल सुखी नेपाली कसरी बनाउन सकिन्छ भनेर जनताको बहुदलीय जनवाद कार्यक्रम ल्याउनुभाको थ्यो । हामीले त्यसको आदर्श मर्मअनुसार कार्यक्रम गर्ने हो,’ उनले भनिन् । भण्डारीले एमालेमा आफ्नो पार्टी सदस्यता नवीकरण त्यसै विवादमा ल्याइएकोसमेत बताएकी छिन् । ‘पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने कुनै कारण नै छैन’, उनले भनिन् । पार्टीका आन्तरिक मामिलाबारे पार्टीमै छलफल हुन सक्ने पनि उनले बताइन् ।
एमाले निर्माणमा सक्रिय हुन विद्यादेवी भण्डारीको आह्वान पूर्वराष्ट्रपति भण्डारीले एमाले पार्टी निर्माणमा सक्रिय हुन सम्पूर्ण कार्यकर्ताहरुलाई आह्वान गरेकी छिन् । उनले जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धि अवधारणाको निष्ठापूर्वक रक्षा गर्न देशभरका सम्पूर्ण एमाले पंक्ति एकजुट हुन आग्रह गरीन् । उनले भनिन्, ‘जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धि अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सम्पूर्ण एमाले पंक्तिमा अग्रह गर्दछु । मेरो संकल्प अन्तरआत्माको आवाज हो । आफ्नो निर्णयबाट म विचलीत हुने छैन् । म सम्पूर्ण पार्टी पंक्तीलाई निर्धक्क भएर पार्टी निर्माणमा सक्रिय हुन हार्दिक आह्वान समेत गर्छु ।’ उनले अहिले आफू पार्टी सदस्य भएको ४५ वर्ष वितिसकेको बताउँदै पार्टीप्रतिको आस्था, विचार, सिद्धान्त र नीतिहरुप्रति प्रतिवद्ध हुँदाहुँदै पार्टी सदस्यबाट बञ्चीत गर्न कदापी नमिल्ने धारणा राखिन् । उनले भनिन्,‘अहिले पार्टी सदस्य भएको ४५ वर्ष वितिसकेको छ । त्यसैले पार्टीप्रतिको आस्था, विचार, सिद्धान्त र नीतिहरुप्रति प्रतिवद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यबाट बञ्चीत गर्न कदापी पनि मिल्दैन । यपार्टी बनाउन म लगायत हजारौं नेता कार्यकर्ताले रगत, पसिना मेहेनत परेको छ । यो कुरा म कुनै भावनामा डुबेर भनेको छैन् ।’