यस्तो छ आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर 

शुक्रबार, साउन ९, २०८२
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३७ रूपैयाँ ९६ पैसा र बिक्री दर १३८ रूपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रूपैयाँ ०८ पैसा र बिक्रीदर १६२ रूपैयाँ ७८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ६२ पैसा कायम गरिएको छ ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ २१ पैसा र बिक्रीदर ९१ रूपैयाँ  ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ३३ पैसा र बिक्रीदर १०१ रूपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ र बिक्रीदर १०८ रूपैयाँ ४७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ ४१ पैसा र बिक्रीदर नौ रूपैयाँ  ४५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ  २८ पैसा र बिक्रीदर १९ रूपैयाँ  ३६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रूपैयाँ  ९३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ  ८५ पैसा र बिक्रीदर ३८ रूपैयाँ  ०१ पैसा कायम भएको छ ।
युएई दिराम एकको खरिददर ३७ रूपैयाँ  ५६ पैसा र बिक्रीदर ३७ रूपैयाँ  ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ  ७३ पैसा र बिक्रीदर ३२ रूपियाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ  ०७ पैसा र बिक्रीदर १० रूपैयाँ ११ पैसा तोकिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार