सुशासन कायम गर्न सके देशले प्रगति हासिल गर्छ : प्रचण्ड 

बिहीबार, साउन ८, २०८२
Global Ime Bank

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका समस्याहरूको समाधानमा सबैले प्रयास गरे देशले प्रगति हासिल गर्ने बताएका छन् ।  बिहीबार नेपाल खबरको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित राइजिङ नेपाल समिट–२०२५ मा लगानी र विकासबारे छलफलमा बोल्दै उनले सुशासन कायम गर्न सबैले मिहिनत गरे प्रगति हासिल हुने बताएका हुन् । उनले भने, सुशासनको मूख्य समस्या के हो र त्यसको समाधानको उपाय के हुन् भन्नेमा हामी सबैको साझा प्रयास भयो भने हामी प्रगति गर्न सक्छौ । त्यो कुरा हामी आफैले अनुभव गर्यौका छौ । हामीले मिहेनत गर्‍याैँ भने प्रगति गर्न सकिन्छ ।’ उनले विगतमा नै शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न आयोग बनाइनुका साथै महत्वपूण प्रतिवेदन तयार गरे पनि काम गर्न नसकेको बताए । अध्यक्ष प्रचण्डले २०७२ सालमा संविधान घोषणा गरे लगतै प्रहरी समायोजन गर्ने ऐन, संघीय निजामती ऐन लागु हुन पर्ने बताए ।  उनले भने, ‘हामीले २०७२ मा संविधान घोषणा गरे लगतै प्रहरी समायोजन गर्ने ऐन, संघीय निजामती ऐन लागु गरिहाल्नु पर्थ्यो किन गरेनौ । जसका कारणले देशमा अहिले नकरात्मक देखा पर्ने वातावरण किन बन्यो एता बढि ध्यान दिन जरुरी छ । त्यसो गरे मात्र हामीले सुधार गर्न सक्छौ ।’ उनले सरकारले संविधान संशोधनका नाममा भन्ने र गर्ने व्यवहार फरक रहेको बताए । 
 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार