सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले सरकारप्रति कडा आलोचना गरेकी छिन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले वर्तमान सरकार जनभावनाको विरोधमा दमनकारी शैलीमा अगाडि बढिरहेको आरोप लगाइन् । उनले भनिन्, ‘यो सरकार एक वर्षदेखि सत्तामा छ, तर उसले गरेको बाचा–प्रतिबद्धतामध्ये कुनै पनि पूरा गर्न सकेको छैन । त्यसैले अब सरकारको औचित्य समाप्त भइसकेको छ । संविधान संशोधनको कुरा गरेर सत्तामा पुगेको सरकारले अहिले मान्छे र सरकारी निकायको बेचबिखनलाई उपलब्धि मानेको देखिन्छ ।’ भिजिट भिसा प्रकरणबारे बोल्दै उनले सरकारको दृष्टिकोणप्रति असन्तुष्टि व्यक्त गरिन् । ‘दुई महिनादेखि भिजिट भिसा प्रकरणलाई लिएर हामी आन्दोलनमा छौं’, उनले भनिन्,‘तर छानबिनको नाममा बनेको समिति बाँदरको पुच्छर जस्तै भएको छ—न लौरो, न हतियार । त्यसैले हामी संसद्को कारवाहीमा सहभागी भएका छैनौं ।’ सांसद कार्कीले संसद्मा प्रमुख दलहरूले सरकारको मनोमानीलाई मौन समर्थन गरिरहेको समेत आरोप लगाइन् । ‘हामी बहिष्कारमा छौं, तर सरकार भने हाईसन्चो भएजस्तो प्रस्तावहरू सर्वसम्मतिले पारित गर्दैछ’, उनले थप भनिन् ।