विदेशबाट आएका शवको क्षतिपूर्तिमा सरकारले ध्यान जान आवश्यक : सांसद खान

बिहीबार, साउन ८, २०८२
Global Ime Bank

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले विदेशबाट आएका शवहरूको क्षतिपूर्तिमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्  । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १३ दिन अघिको लास अझै नेपाल नआएको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने बताए ।  उनले लास ल्याउन नसक्ने र मृतकको परिवारलाई क्षतिपूर्ती दिन नसक्ने भए रेमिट्यान्सबाट देश चलाई रहेको भन्न लाज हुनुपर्ने बताएका छन् ।  ‘प्रत्येक बर्ष विदेशमा नेपालीहरू १३ सय ४६ जनाले ज्यान गुमाइरहेका छन् । प्रत्येक दिन नेपालको एयरपोर्टमा नेपालीको लास आउने गरेको छ । १३ जुलाई २०२५ मा बर्षातको कारणले गर्दा २२ बर्षको राजन यादव र रोजिन  ओली २० बर्षको उमेरमा मृत्यु भएको  थियो, अमेरिकामा रहेका दुइ नागरिकको लास अझै नेपाल आएको छैन  । यस प्रति सरकारले ध्यान दिन जरुरी रहेको छ । हामी लास ल्याउन सक्दैनौं, मृतकको परिवारलाई क्षतिपूर्ती दिन सक्दैनौं भने रेमिट्यान्सबाट देश चलाई रहेको भन्न लाज रहेको कुरा रहेको छ । यसप्रति सरकारले ध्यान दिन जरुरी  रहेको छ’ उनले भने  ।  

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार