जनकपुरधामको समुचित विकासका लागि सहरी विकास मन्त्रालय तत्पर : मन्त्री सिंह

बिहीबार, साउन ८, २०८२

जनकपुर । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनकपुरधामको समुचित विकासका लागि सहरी विकास मन्त्रालय तत्पर रहेको बताएका छन् । जनकपुरधाममा सीता पुष्पवाटिका (मणिमण्डप) को समुद्घाटन समारोहमा बोल्दै मन्त्री सिंहले जनकपुरधामको समुचित विकासका लागि सहरी विकास मन्त्रालयले विभिन्न एतिहासिक र धार्मिक मान्यता बोकेका संरचनाहरुको निर्माण गरेको बताए । उनले धार्मिक र पर्यटकीय स्थलहरुको प्रचार प्रसार भारत र नेपालमा मात्र नभई सम्पूर्ण विश्वमा गर्नु पर्नेमा लागि पर्न आवश्यक रहेको उल्लेख गरे । उनले जनकपुरधाम सिता माता र भगवान रामको विवाह स्थल भएकाले यस क्षेत्रलाई म्यारेज डेस्टिनेसनको रुपमा विकास गर्ने तर्फ लग्नुपर्नेमा जोड दिए ।  त्यसका लागि आवश्यक भौतिक संरचना र सुविधाहरुको विकास गर्न पहल आवश्यक रहेको उनले धारणा राखे । मन्त्री सिंहले मणिमण्डपको नयाँ भवन सहरी विकास मन्त्रालयले निर्माण गरे पनि यसको संरक्षणका लागि स्थानीयवासी र स्थानीयतहलाई ध्यान दिन आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार