सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ कोइली खोला (ख) मा दुई वर्षको निर्माण सम्झौता भएको पुल सुरु भएको नौ महिनामै सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत आफूले विकासमा खोजेको यस्तै तीव्रता रहेको बताउँदै निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाई धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘हामीले विकासमा खोजेको यस्तै तीव्रता हो । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ कोइली खोला (ख) मा दुई वर्षको निर्माण सम्झौता भएको पुल निर्माण सुरु भएको नौ महिनामै सम्पन्न भएको छ । निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाई धन्यवाद !’ नौ करोड तीन लाख ७८ हजार ६८ रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता भएको थियो ।