द्विपक्षीय सहयोग र साझेदारीलाई साझा समृद्धिका लागि अगाडि बढाउन आवश्यक : परराष्ट्रमन्त्री

बिहीबार, साउन ८, २०८२

काठमाडौं  । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान विश्वमा द्विपक्षीय सहयोग र साझेदारीलाई साझा समृद्धिका लागि अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताएकी छिन् । काठमाडौंमा बुधबार आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसी–एन) को १८औँ वार्षिक साधारणसभा तथा चार्टर डे समारोहमा बोल्दै उनले आर्थिक कूटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदूतहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताईन् । उनले भनिन्, ‘नेपाल र अवैतनिक वाणिज्यदूतहरूले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउनु साथै सम्बन्धित राष्ट्रहरूसँग आर्थिक, शैक्षिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार गर्न अवैतनिक वाणिज्यदूतहरूको भूमिका अत्यन्तै महत्वपूर्ण छ । यसको लागि म धन्यवाद पनि दिन चाहान्छु ।’  

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार