Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

आज तीनवटा संसदीय समितिको बैठक बस्दै 

बुधबार, साउन ७, २०८२

काठमाडौं । आज संसदीय समितिको बैठक बस्दैछ । बुधबार सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।  आज बिहान १० बजे बस्न लागेको सार्वजनिक लेखा समितिमा ‘जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणसम्बन्धी उजुरीउपर छलफल’ हुनेछ । यस्तै, नेपाल सरकारका सचिवसँग गर्ने संयुक्त बैठकको मिति निर्धारण गर्ने प्रस्ताव छ । यस्तै, दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ । साथै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ । बैठक भने बिहान ११ बजे बस्दैछ । 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १०:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार