Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने सुझाव आएको छ : महेश बर्तौला

बुधबार, साउन ७, २०८२

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका केन्द्रीय कमिटीका अधिकांश नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराष्ट्रपति कै हैसियतमा बस्नुपर्ने धारणा राखेको बताएका छन् ।  मङ्गलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमा आफ्नो धारणा राख्ने अधिकांश नेताहरूले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कनु उपयुक्त नहुने बताएको जानकारी गराएका हुन् ।  उनले भने, ‘अधिकांश बोल्नुहुने केन्द्रीय कमिटीका सदस्यहरुले विधानको संशोधित प्रस्तावलाई समर्थन गर्नुभएको छ । पूर्वराष्ट्रपतिको विषयमा पनि कुरा उठेको छ । कोशी प्रदेशका कमरेडहरूले बोलिसक्नुभएको छ । अहिलेसम्म बोल्नुहुने केन्द्रीय कमिटीको सदस्यहरूले अधिकांशले पूर्वराष्ट्रपति, पूर्वराष्ट्रपति कै हैसियतमा बस्न उपयुक्त हुन्छ । पार्टी राजनीतिमा आउने कुरा प्रणाली र व्यवस्थाको लागि स्वभाविक नहुने कुरामा आफ्ना मत राख्नुभएको छ । यसका बारेमा पार्टीले आवश्यक निर्णय लियो्स् भन्न सुझाव पनि राख्नुभएको छ ।’ त्यस्तै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीबारे एमालेले आज निर्णय गर्ने जानकारी दिए ।  उनले भने ‘बैठकको समापनमा यो विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीज्युले अन्तिम बैठकको अन्तिमता सम्बोधन गदै केही महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरेका छौँ ।’ उनका अनुसार आजको बैठकमा अहिलेसम्म ५८ जनाले आफ्नो धारणा राखेका छन् । 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  ०८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार