गैर कानुनी रुपमा विदेश जानेहरूका कारण बढी समस्या : मन्त्री साह 

मंगलबार, साउन ६, २०८२

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले वैदेशिक रोजगारीमा गैरकानुनी तरिकाबाट जानेहरूमा नै धेरै समस्यामा आउने गरेको बताएका छन् ।  सिंहदरबारमा मंगलबार बसेको  वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था छलफल सम्बन्धमा बोल्दै उनले वैदेशिक रोजगारमा जानेहरुमा आएको समस्यालाई कानुनी रुपमा मात्र नभइ  सामाजिक उपचारका रुपमा पनि काम गर्नुपर्ने बताए ।  उनले मन्त्रालयको तर्फबाट धेरै उद्धारका कामहरु गरिसकेको र अझै त्यस्ता काममा ध्यान दिएको बताए । उनले सम्बन्धित विषयका सम्बन्धमा संसदमा विधेयकहरु पास हुन बाँकी रहेकाले चाँडै समस्याहरुको समाधान हुने औंल्याए ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार