चाक्सीबारीमा कांग्रेस संस्थापन पक्षका शिर्ष नेताको चियापान

सोमबार, साउन ५, २०८२
Global Ime Bank

काठमाडौं । चाक्सीवारीस्थित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निवासमा संस्थापन पक्षका शिर्ष नेताहरूबिचमा भेटघाट भएको छ ।  अब आउन लागेको १५ औँ महाधिवेशनको पुर्व सन्ध्यामा सभापति शेरबहादुर देउवाबाहेक अन्य ६ जना नेता चाक्सीबारीमा पुगेका हुन् । सो छलफलमा उपप्रधान तथा सहरी बिकासमन्त्रीसमेत रहेका सिंहसहित शशांक कोइराला, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशरण महत र विजयकुमार गच्छदारको उपस्थिति रहेको छ । संस्थापन पक्षका शिर्ष नेताहरूले सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनमा आफूभित्रबाटै उत्तराधिकारी छान्नु पर्ने भन्दै दबाब बढाइरहेको बेला यो भेला भएको हो ।

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  २०:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार