तीन वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची

सोमबार, साउन ५, २०८२
Global Ime Bank

काठमाडौँ । आज संघीय अन्तर्गतका संसदका तीन समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभाका विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय बाल अधिकार परिषद् द्वारा प्रकाशित बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८१ माथि छलफल गरिने कार्यसूची रहेको छ ।  यस्तै, दिनको २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल गरिने कार्यसूची रहेको छ ।  यसैगरी विधायन व्यवस्थापन समितिको ९५ औँ बैठकमा आज जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ । बैठक दिनको २ बजे भएको छ । 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ०८:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार