राजेन्द्र लिङ्देनविरुद्ध उपाध्यक्ष मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा 

आइतबार, साउन ४, २०८२
Global Ime Bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्ष पदबाट हटाइएका मुकुन्दश्याम गिरी आफूमाथि गरेको कारबाहीको विरोध स्वरुप निर्वाचन आयोग पुगेका छन् ।  अध्यक्ष राजेन्द्र लिङ्देनले आफूमाथि गरेको कारबाही अन्यायपूर्ण र पार्टीको विधान विपरित रहेको भन्दै उनी आइतबार उजुरी दिन निर्वाचन आयोग पुगेका हुन् । आयोगबाट निस्कने क्रममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले पार्टीको विधान अनुसार पार्टी सञ्चालन गर्नुपर्ने ठाउँमा पार्टीको विधान विपरित गएर पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई क्रमशःनिलम्बन गर्ने र पदमुक्त गर्ने प्रकृया सुरु भएको भन्दै आपत्ति जनाए । उनले भने,‘पार्टीको विधान अनुसार पार्टी सञ्चालन गर्नुपर्ने ठाउँमा पार्टीको विधान विपरित पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई क्रमशःनिलम्वन गर्ने र पदमुक्त गर्ने प्रकृया सुरु भएको छ । मलाई पनि पार्टीको उपाध्यक्षबाट पदमुक्त गरियो । मलाई अन्याय भएको हुनाले र मेरो जीवनभरको पार्टीप्रतिको लगानीमा अन्याय गरेको हुनाले म यहाँ आयोग आएको हुँ ।’ उनले पार्टीको अध्यक्षले यसरी गरिएको सम्पूर्ण कारवाहीहरु विधागत नभएको दाबी गरे ।  अध्यक्ष लिङदेनले गिरीलाई उपाध्यक्ष तथा केन्द्रीय सदस्यबाट शुक्रबार बर्खास्त गरेका थिए । सो निर्णय पार्टीको विधानविपरीत भएको भन्दै गिरीले उजुरी गर्न लागेका हुन् । सुर्खेतका गिरीलाई अध्यक्ष लिङ्देनले २०७८ माघ १६ गते उपाध्यक्ष मनोनित गरेका थिए । निर्वाचन आयोगमा गिरीलाई साथ दिँदै राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा र कुन्तीकुमारी शाहीलगायत संस्थापन इतर पक्षका नेताहरू उपस्थित भएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार