सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । रूपन्देही जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले असाजे २१ उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक भएको छ । रुपन्देही–३ मा २०८२ कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गर्दै २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सकिने कार्यतालिक सार्वजनिक गरेको हो । उम्मेदवारी दर्ता भएकै बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन गरिने पनि आयोगले जानकारी दिएको छ । उम्मेदवार सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिन दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। २०८२ असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तालिका निर्वाचन आयोगले बनाएको छ । कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था रहेको पनि आयोगकी प्रवक्ता एवम् सहसचिव नीता पोखरेल अर्यालले जारी विज्ञप्तिमा उल्लेख गरेकी छन् ।